पोखरामा धनराजको अग्रता बढ्दो, एमालेका थापा ११३६ मतले पछि


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ ३

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार १ सय ३६ पु¥याएका हुन् ।

हालसम्म १९ हजार ५ सय ६० मत गणना सम्पन्न हुँदा आचार्यले ८ हजार ७९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ६ हजार ९ सय ४३ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ७ सय ४९ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ४ सय ६७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् ।रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ४८० पु¥याएकी छन् । रानाभाटले ८ हजार ३ ७६ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले ७ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले ६ सय १७ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।