पाल्पाको रामपुर नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरेका छन । रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस र ३, ८ र १० मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।