निसीखोला । पाँचदलिय गठबन्धनले निसीखोला गाउँपालिका पुरै जित हात पारेपछि एक्लै चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै वडामा हार व्यहोरेको छ ।
त्यसैगरि वडा नं.३ को वडाध्यक्षमा पराजित रामचन्द्र सेनले चुनावी समिक्षा गर्दै मतदानका बेला मतदाता तान्ने र बोक्ने प्रवृति प्रति गुनासो गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ͑पाँच दलिय सग एक्लै लड्नु भिड्नु सानो कुरा होइन, जतिले मलाई भोट हाल्नु भएको छ, त्यो भोट गरिबीको बस्ती बस्ती चुलो चुलो पुगेको छ, नेपाल को चुनाव भनेको स्वतन्त्र तरिकाले हुदोरहेन्छ, भारत को जिबिरोड जस्तो हुदोरहेछ, जनता लाई आफ्नो तरिकाले मतदान गर्न नदिने तान्ने र बोक्ने को अन्त्य हुन जरुरी छ, तान्ने र बोक्ने ले खत्तम पार्दोरहेछ, तान्ने र बोक्ने को अन्त्य हुन जरुरी छ,͗ ।
वडा नं. ३ मा गठबन्धनबाट राजमोका रमेश विक्रम शाहीले ७ सय ६९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्धन्दी एमालेका दिपक बहादुर चन्दले २ सय ८६ मत प्राप्त गरेका छन् भने राप्रपाका रामचन्द्र सेनले १ सय ६६ मत प्राप्त गरेका छन् । पालिकामा पहिलो पटक राप्रपाले स्थानिय चुनावमा भाग लिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







