कास्कीको मादी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार देवीजङ्ग गुरुङ बिजयी भएका छन् । मादी गाउँपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा एमालेका शिव गुरुङ (महेन्द्र)लाई हराउँदै देवीजङ्ग अध्यक्षमा निर्वाचित भएका हुन् । उनी महेन्द्रलाई ७ सय ५४ मतान्तरल पछि पार्दै बिजयी भएका छन् । बिजयी देवीङ्गले ६ हजार ५ सय ४ मत पाउँदा पराजित नेकपा एमालेका महेन्दले ५ हजार ७ सय ५० मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेकी कल्पना गुरुङ बिजयी भएकी छन् । बिजयी गुरुङले नेकपा माओवादी केन्द्रका उम्मेदवार लालबहादुर गुरुङलाई २१२ मतान्तरले पराजित गरिन् ।
बिजयी कल्पनाले ५ हजार ८ सय २ मत पाउँदा गठबन्धनका लालबहादुर गुरुङले ५ हजार ६ सय १६ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







