मादी–१२ को वडाध्यक्षमा माओवादीका कृष्णराज दाहाल निर्वाचित


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




मादी गाउँपालिका वडा नम्बर–१२ को अध्यक्षमा कृष्णराज दाहाल बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र रानाभाटलाई १२१ मतान्तरले हराउँदै बिजयी भएका हुन् ।

बिजयी दाहालले ४३२ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार बरालले ३११ र एमालेका प्रकाश बरालले २७३ मत प्राप्त गरे ।

बिजयी दाहाल तत्कालीन नेकपा हुँदा मादी गाउँपालिकाका अध्यक्ष थिए भने हाल नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।