पोखरा ६ मा कांग्रेसका पहारी एमालेका भट्टराईभन्दा ७२ मतले अगाडी


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिको वडा नम्वर ६ को जारी मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार जगत पहारीले एमालेका प्रत्यासी विष्णु बहादुर भट्टराईलाई ७२ मतान्तरले लिड गरेका छन् ।

भर्खरै ९ सय मत गणना सकिँदा वडाध्यक्षमा कांग्रेसका पहरीले ४३४ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका भट्टराईले ३२० मत प्राप्त गरेका छन् । यस्तै लौरो चुनाव लिएर वडाध्यक्षमा चुनाव लडेका स्वतन्त्र उम्मेद्वार प्रेमबहादुर केसीले १६ मत ल्याएका छन् ।

सो वडामा दलितमहिला सदस्य, महिला सदस्यमा कांग्रेसका उम्मेद्वार अगाडी छन् । यस्तै खुल्ला २ सदस्य तर्फभने नेकपा एमालेका उम्मेद्वार अगाडी देखिएका छन् ।

सो वडाबाट पोखराको प्रमुख पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रत्यासी धनराज आचार्यले ४३० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले २६७ मत प्राप्त गरेका छन् । उनीहरुविच १६३ मतान्तर छ ।

यस्तै उपप्रमुख तर्फ गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी प्रत्यासी कोपिला रानाभाटले ४१९ प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ९९ मत ल्याएकी छन् । उनीहरुविच ९९ मतान्तर छ ।

सो वडाको मत गणना जारी छ । यद्यपी मेयर र उपमेयरको मतपरिणाममा अन्य वडाको मतपरिणाम समावेश गरिएको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।