पोखरा महानगरपालिका २६ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेद्वार नरेन्द्र थापालेले अग्रता लिएका छन् ।
भर्खरै २६ सय मतगणना सकिँदा उनले नेकपा एमाले सूर्यनाथ भण्डारीलाई ६६६ मतान्तर अग्रता लिएका हुन् । थापाले १४ सय ६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भण्डारीले ८०१ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाका टिकाराम अधिकारीले ४४, विवेकशिल साझा पार्टीका चन्द्रज्योती ढुङ्गनाले ५ र लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेद्वार विरेन्द्र रानाभाटले १३ मत ल्याएका छन् ।
सो वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यतर्फ नेपाली कांग्रेसनै हालसम्म अगाडी छन् ।
सो वडामा मात्रै पोखराको प्रमुख पदमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका प्रत्यासी धनराज आचार्यले ११८७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले ७८४ मत प्राप्त गरेका छन् । उनीहरुविच ४०३ मतान्तर छ ।
यस्तै उपप्रमुख तर्फ गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी प्रत्यासी कोपिला रानाभाटले १३६५ प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ८५७ मत ल्याएकी छन् । उनीहरुविच ५०८ मतान्तर छ ।
सो वडाको मत गणना जारी छ । यद्यपी मेयर र उपमेयरको मतपरिणाममा अन्य वडाको मतपरिणाम समावेश गरिएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







