इलेक्सन अपडेट्स : पोखरामा गठबन्धनको अग्रता कायमै


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको मतगणना जारी छ।

महानगरको जारी मतगणनामा गठबन्धनले आफ्नो अग्रतालाई कायमै राखेको छ।

गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले प्रमुख प्रतिद्वन्द्वी एमालेका कृष्ण थापालाई १७ सय ५२ मतान्तरले पछि पारेका छन्।

हालसम्म ३३ हजार २ सय मत गणना गर्दा गठबन्धनका आचार्यले १३ हजार ७ सय ९४ मत ल्याएका छन्। प्रतिद्वन्द्वी कृष्ण थापाले १२ हजार ४२ मत ल्याएका छन्।

महानगरको उपमेयर पदमा पनि गठबन्धनकै कोपिला रानाभाटले अग्रता कायम गरेकी छन्।

हालसम्मको मतगणनामध्ये रानाभाटले प्रतिद्वन्द्वी एमालेकी मञ्जु गुरुङलाई ३ सय २२ मतान्तरले पछि पारेकी छन्।

रानाभाटले १४ हजार ६८ मत ल्याउँदा गुरुङले १३ हजार ७ सय ४६ मत ल्याएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।