पोखरामा एमालेका थापा भन्दा धनराज १७५२ मतले अघि


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार नजिक पुर्याएका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ८ सय ४५ पु¥याएका हुन् ।

हालसम्म ३४ हजार ६ सय १६ मत गणना सम्पन्न हुँदा आचार्यले १४ हजार ३ सय ९्६२ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६ सय ८३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ८ सय १५ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् ।

रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँगको मतान्तर ४ सय १० पु¥याएकी छन् । रानाभाटले १४ हजार ६ सय ८५ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १४ हजार २ सय ७५ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।