पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर दुई हजार बढी पु¥याएका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार ३५ मत पु¥याएका हुन् ।
हालसम्म ३९ हजार ३ सय १३ मत गणना सम्पन्न हुँदा आचार्यले १६ हजार ४ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १४ हजार ३ सय ८४ मत ल्याएर पछ्याईरहेका छन् पोखरात्यस्तै राप्रपाका शंकर खरालले १ हजार ६ सय ८३ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ८ सय ९६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता कायम राखेकी छन् । यद्वपी मतान्तर भने घट्दै गएको छ । रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङसँग बीचको मतान्तर २ सय ६७ छ ।
रानाभाटले १६ हजार ६ सय ६५ मत प्राप्त गरेकी छन् भने एमालेकी गुरुङले १६ हजार ३ सय ९८ मत ल्याएर पछ्याईरहेकी छन् । राप्रपाकी रञ्जना सेनले १ हजार ६ सय २१ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







