पोखराको मतगणनास्थलमा झडप,केही समयका लागि मतगणना स्थगित


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा, ४ जेठ । पोखरामा केही समयका लागि मतगणना स्थगित भएको छ । पोखरा ७ को मत गन्ने क्रममा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले प्रश्न उठाएपछि विवाद भएको हो ।

नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीलाई नेपाली कांग्रेस पोखरा ७ का वडा सभापतीले हातपातको प्रयास गरेको नेकपा एमालेबाट मेयरका प्रतिनिधि महेन्द्र उपाध्यायको आरोप छ ।

विवादपछि एमालेका प्रतिनिधिहरुले मतगणना रोक्न माग गर्दै नाराबाजी गरेको हो । उनीहरूले मतगणना भएको हलको ढोकामा गरेर मतगणना रोक्न दवाब दिएको थियो । यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने कुनै बहानामा मतगणना नरोकिने बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।