पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेका विष्णुबहादुर भट्टराई बिजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
बिजयी भट्टराईले १ हजार ६ सय ६ मत प्राप्त गरे भने पराजित पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पराजित पहारी निवर्तमान वडाध्यक्ष हुन् ।
वडा सदस्यमा मिश्रित परिणाम आएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पवित्रा थापा (१५२३), दलित महिला सदस्यमा कांग्रेसकी शोभा जलारी (१६३९) मत ल्याएर बिजयी भए ।
त्यस्तै दुई खुल्ला सदस्यमा नेकपा एमालेका दीपेन्द्र पहारी (१४०६) र बासुदेव पौडेल (१४१९) मत ल्याएर बिजयी भए । कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरेर निर्वाचन लडेपनि नेकपा माओवादी केन्द्र र नेकपा एसका उम्मेदवार भने पराजित भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — रसुवामा बुधबार आएको बाढीपछि पोखराका चार जनासहित कास्कीका १४ नागरिक…





