पोखरा १३ को वडाध्यक्षमा किरण बरालसहित कांग्रेसको प्यानल नै बिजयी


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १३ को अध्यक्षमा नेपाली कांग्रेसका किरण बराल बिजयी भएका छन् । उनले नेकपा एमालेका वसन्त बराललाई ७०६ मतले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बरालले २ हजार ९ सय ४० मत प्राप्त गरे भने पराजित वसन्त बरालले २ हजार २ सय ३४ मत प्राप्त गरे ।

त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी सुचित तामाङ (२५४३), दलित महिला सदस्यमा रजनी परियार (२६२८), खुल्ला दुई सदस्यमा बलबहादुर बराल (२४७०) र सरिफ मिया (२४२०) मत प्राप्त गर्दै बिजयी भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।