पोखरामा करीब ५० हजार मत गणना गर्दा धनराजलाई २१०३ मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ ५

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार १ सय ३ मत पु¥याएका हुन् ।

हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ९ सय ६२ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार २४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई २२८ मतले उछिनेकी छन्। एमालेकी गुरुङले २० हजार २ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले १९ हजार ७ सय ७४ मत ल्याएर पछ्याईरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार ७ सय ४४ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।