बागलुङको बडिगाड गाउँपालिकाले पायो महिला अध्यक्ष


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएका हुन्।

थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी थिए । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएका थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएका हुन । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् ।

वनले सात हजार १०३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले पाँच हजार ७२७ मत प्राप्त गरेका छन् । १० वडा रहेको बडिगाडमा एमालेले ३, कांग्रेसले ३, नेकपा ९माओवादी केन्द्र०ले २ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् ।
वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६८९ र वडा नं ४ मा माओवादी केन्द्र०का मिलन रेश्मी ९७२ मतले विजयी भएका छन् ।

यस्तै वडा नं ५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६६५ र वडा नं १० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७७४ मतले विजयी भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।