सुस्ता गाउँपालिकामा कांग्रेस विजयी


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् ।

यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो । एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भए । उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गरेका छन् । चौधरीले ६ हजार ६०५ तथा थरुनीले पाँच हजार ९८४ मत ल्याएका छन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीनमा कांग्रेस र दुईमा एमाले विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा नं। १, ४ र ५ मा कांग्रेस तथा वडा नं २ र ३ मा एमाले विजयी भएको छ । तेइस हजार ९५९ मतदाता रहेको यस गाउँपालिकामा १८ हजार ७५४ मत खसेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।