अर्घाखाँचीको शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का टीकाबहादुर रेस्मी आठ हजार ५७ मत प्राप्त गरेर पराजित भएका हुन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।