पोखरा महानगरपालिका वडा नम्बर ८ मा एमालेले स्पष्ट अग्रता लिएको छ । । उक्त वडाको वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले १ हजार २० मत ल्याउँदै स्पष्ट अग्रता बनाएका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले ७ सय २४ मत ल्याएर पछ्याईरहेका छन् ।पोखरा ८ को २ हजार मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ७ सय ६५ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ७ सय ५४ मत प्राप्त भएको छ ।
त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ हजार २० मत र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई ७ सय ७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० भदौ २०८३।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा…





