पोखरा–२९ मा एमालेको शुरुवाती अग्रता


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २९ को मतगणना शुरु भएको छ । त्यहाँ अहिलेसम्म ७ सय मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २९ मा नेकपा एमालेले शुरुवाती अग्रता लिएका छन् । एमाले उम्मेदवारले ३ सय मत गणना गर्दा ३ सय ४० मतसहित अग्रता लिन सफल भएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले २ सय ७६ मतसहित पछ्याईरहेका छन् । उनीहरुबीचको मतान्तर ६४ मतको छ ।

सो वडामा ३ सय मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३ सय र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई २ सय ६६ मत प्राप्त भएको छ ।

त्यस्तै, उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ३ सय २५ मत र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ८५ मत प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।