पोखरा–८ मा एमालेको प्यानल निश्चित


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेको प्यानल नै बिजयी हुने निश्चित भएको छ । पोखरा–८ मा वडाध्यक्षसहित एमालेको प्यानल नै बिजय नजिक पुगेको हो । पोखरा–८ मा हालसम्म ३ हजार ३ सय मतगणना सम्पन्न हुँदा एमालेका रुद्रनाथ बरालले १ हजार ६सय ६८ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसका उम्मेदवार शारदा गिरीले १ हजार १ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् ।

महिला सदस्यमा एमालेकी उम्मेदवार पवित्रा पौडेलले १ हजार ५ सय १७ मत पाएर अग्रता लिएकी छन् भने कांग्रेसकी उम्मेदवार देवीमाया चालिसेले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमालेकी उम्मेदवार लक्ष्मी विकले १ हजार ५ सय ६ मत ल्याएर अग्रता लिएकी छन् भने कांग्रेस उम्मेदवार माया नेपालीले १ हजार १ सय ८४ मत ल्याएर पछ्याईरहेकी छन् ।

खुल्ला दुई सदस्यमा एमालेका गोविन्द बरालले १ हजार ३ सय ९२ र हिराकाजी श्रेष्ठले १ हजार ४ सय ९२ तथा कांग्रेसका कृष्णप्रसाद श्रेष्ठले १ हजार ८४ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका दामोदर सिग्देलले ६सय १४ मत ल्याएर पछ्याईरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।