पोखरा-२८ मा वडाध्यक्ष र महिला सदस्यमा कांग्रेस, अन्यमा एमालेको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २८ मा मिश्रित अग्रता रहेको छ । पोखरा–२८ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकृष्ण लामिछानेले ९ सय २४ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमालेका बैनबहादुर गुरुङले ८ सय ७३ मत ल्याएर पछ्याईरहेका छन् ।

महिला सदस्यमा कांग्रेस उम्मेदवार डाल्डादेवी भुजेलले ९ सय १३ मत ल्याएर अग्रता बनाउँदा एमालेकी राधिका पौडेलले ८ सय ६५ मत तथा दलित महिला सदस्यमा एमालेकी सरु विश्वकर्माले ८ सय ८८ मतको झिनो अग्रता बनाउँदा कांग्रेसकी ईन्द्रकला कामीले ८ सय ६८ मत ल्याएर पछ्याईरहेकी छन् ।

खुल्ला सदस्यमा एमालेका प्रकाश दवाडीले ८ सय ३३ र वीरेन्द्र दवाडीले ८ सय ६० मत ल्याएर झिनो मतको अग्रता बनाउँदा कांग्रेसका कमल थापाले ८ सय २३ र नेकपा एकीकृत समाजवादीका नारायण बचगाईंले ७ सय ४० मत ल्याएर पछ्याईरहेका छन् ।

यस वडामा ३ हजार ७ सय ४ मत खसेकोमा अब १ हजार ६ सय ४ मत गणना गर्न बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।