पोखरा महानगरपालिका वडा नम्बर-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राममोहन आचार्य बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार किशोर बराललाई ९७ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित आचार्यले १ हजार ३ सय ८३ मत प्राप्त गरे भने पराजित एमाले उम्मेदवार बरालले १ हजार २ सय ८६ मत ल्याए ।
महिला सदस्यमा एमालेकी बसुन्धरा लामिछाने १ हजार ३ सय २३, दलित महिला सदस्यमा सुनिता सुनार १ हजार २ सय ९५ तथा खुल्ला सदस्यमा एमालेका अर्जुनबहादुर भुजेल थापा १ हजार २ सय ७६ र विष्णुमणी बरालले १ हजार ३ सय २ मत ल्याएर बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







