पोखरा महानगरपालिका वडा नम्बर-९ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । यसअघि कांग्रेसले नै जितेको पोखरा–९ को वडाध्यक्षसहित सबै सदस्यमा यस पटकपनि कांग्रेस उम्मेदवारहरु बिजयी भएका हुन् । वडाध्यक्षमा कांग्रेसका दीपेन्द्र मर्सानी १ हजार ५ सय ७४ मत ल्याएर बिजयी भए । उनले एमालेका वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर गुरुङलाई ७ सय १९ मतको फराकिलो अन्तरले पराजित गरे । एमालेका उम्मेदवार गुरुङले ८ सय ५५ मत प्राप्त गरे ।
सदस्यहरुमा पनि कांग्रेसका सबै उम्मेदवार बिजयी भए । महिला सदस्यमा भावना श्रेष्ठ १ हजार ४ सय ५०, दलित महिला सदस्यमा गीता नेपाली १ हजार ५ सय ३ तथा खुल्ला सदस्यमा नन्दराम तिवारी १ हजार ३ सय ५६ र बुद्धिबहादुर रानाभाटले १ हजार २ सय ९८ मत ल्याएर बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





