पोखरामा ६५४६२ मत गणना : धनराजलाई ३२७० मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




पोखरा, जेठ ६

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार २ सय ७० मत पु¥याएका हुन् ।

हालसम्म ६५ हजार ४ सय ६२ मत गणना सम्पन्न हुँदा आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय ७५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार ६ सय ७० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले झिनो अग्रता लिइरहेकी छन् । उनले नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १६५ मतान्तरले पछि पार्दै अग्रता कायम राखेकी हुन् । नेपाली काँग्रेसकी कोपिला रानाभाटले २७ हजार २ सय ८४ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १ सय १९ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८८ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।