गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् ।
लामाले एक हजार ६२४ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे ।
लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरे। विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए । गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





