पहिला जोसँग हारे अहिले उसैलाई हराए


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा ९एमाले० का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन्।

विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गरेका थिए । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन्। गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा ९माओवादी केन्द्र० का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् । तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो ।

कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।