लमजुङ । लमजुङमा रहेका आठ स्थानीय तहमध्ये चार÷चार स्थानीय तहमा कांग्रेस र नेकपा ९एमाले० विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल, राइनास, सुन्दरबजार नगरपालिका एवं दूधपोखरी गाउँपालिकामा कांग्रेसले प्रमुख पद जितेको छ ।
जिल्लामा कांग्रेस, नेकपा (माओवादी केन्द्)लगायतको गठबन्धन रहेको थियो भने एमाले एक्लै चुनावमा होमिएको थियो । जिल्लाकै सदरमुकामसमेत रहेको र सबैको चासो रहेको बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल, क्व्होलासोथर गाउँपालिकामा सूर्य गुरुङ, दोर्दी गाउँपालिकामा युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकामा अर्जुन गुरुङ निर्वाचित भएका छन् । बेँसीशहरका अर्याल र मस्र्याङ्दीका गुरुङ पुनः दोहोरिन सफल भएका छन् ।
त्यस्तै गठबन्धनतर्फ नेपाली कांग्रेसबाट सुन्दरबजार नगरपालिकामा कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकामा रमेशकुमार पाण्डे, राइनास नगरपालिकामा खड्काबहादुर गुरुङ र दूधपोखरी गाउँपालिकामा धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।
उपप्रमुख तथा उपाध्यक्षतर्फ एमालेले पाँच तहमा जितेको छ भने, कांग्रेसले एक र माओवादी केन्द्रले दुई पालिकामा जितेको छ । एमालेका तर्फबाट उपप्रमुख पदमा बेँसीशहर नगरपालिमामा पद्मा गुरुङ, सुन्दरबजार नगरपालिकामा भवानी केसी, मध्यनेपाल नगरपालिकामा सीता गुरुङ, क्व्होलासोथर गाउँपालिकामा गमी गुरुङ र मस्र्याङ्दी गाउँपालिकामा जुनामाया थापा निर्वाचित भएका छन्।
माओवादी केन्दबाटे दूधपोखरी गाउँपालिकामा क्षेत्रबहादुर गुरुङ र राइनासमा नगरपालिकामा पुष्पराज खनाल निर्वाचत हुनुभएको छ भने कांग्रेसका विच्छबहादुर घले दोर्दी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन्।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





