पोखरामा ८०१५४ मत गणना गर्दा धनराजलाई ३४३९ मतको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३९ मत पु¥याएका हुन् ।हालसम्म ८० हजार १ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएर पछ्याईरहेका छन् ।त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ५ सय २० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार २ सय ४९ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पुनः अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ६२ मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ३३ हजार २ सय २१मत ल्याएर अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ३२ हजार ९ सय ५९ मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।