पोखरा महानगरपालिका वडा नम्बर-१५ को वडाध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् । शनिबार विहान सम्मको मतगणनामा एमाले उम्मेदवारले १ हजार ४ सय ५९ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवारले १०२९ मत ल्याएर पछ्याईरहेका छन् । उहाँहरुबीच ४ सय ३० मतको मतान्तर रहेको छ ।
सो वडाको ३ हजार २ सय मत गणना गर्दा मेयर पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १ हजार २ सय ५३ मत आएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ९ सय २२ मत आएको छ । त्यस्तै उपमेयर पदमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ हजार ४ सय १० मत आउँदा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ८ सय ९४ मत आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







