पोखरा-१६ को वडाध्यक्षमा कडा प्रतिष्पर्धा, सदस्यमा एमाले हाबी


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको वडाध्यक्षमा कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार विहानसम्म १ हजार मत गणना सम्पन्न हुँदा एमाले वडाध्यक्ष १ मतान्तरले अघि छन् । एमाले वडाध्यक्षले ४ सय ३८ मत ल्याएर झिनो अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ४ सय ३७ मत ल्याएर पछ्याईरहेका छन् ।

सदस्यमा भने एमाले हाबी देखिएको छ । महिला सदस्यमा एमाले उम्मेदवारले ४७६ मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार १४३, दलित महिला सदस्यमा एमाले उम्मेदवारले ४५० मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ३३२ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, खुल्ला सदस्यतर्फ एमाले उम्मेदवारहरु ४४८ र ४३७ मत ल्याएर अग्रता बनाउँदा कांग्रेस उम्मेदवार ३४२ र माओवादी उम्मेदवार १७४ मत ल्याएर पछ्याईरहेका छन् ।

यहाँ एक हजार मत गणना हुँदा मेयर पदमा एमाले उम्मेदवार कृष्ण थापालाई ४८० मत आएको छ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ३२६ मत आएको छ ।

यसैगरेर उपमेयर पदमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ४८३ मत आउँदा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ३४६ मत आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।