पोखरा महानगरपालिका वडा नं १० को १३ सय मत गणना गर्दा काँग्रेसले अग्रता लिएको छ।
मेयर पदका गठबन्धन उम्मेदवार धनराजले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्ण थापालाई ४८ मतान्तरले पछाडी पारेका छन्। आचार्यले ४ सय ५८ मत ल्याउँदा थापाले ४ सय १० मत ल्याएका छन्।
त्यस्तै, उपमेयर पदमा पनि काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की मञ्जुदेवी गुरुङलाई १ सय ३० को मतान्तरले पछाडी पारेकी छन्। रानाभाटले ५ सय ८७ मत ल्याउँदा गुरुङले ४ सय ५७ मत ल्याएकी छन्।
त्यस्तै, वडाध्यक्ष पदमा पनि काँग्रेसले एमालेलाई दोब्बर जस्तो मतान्तरले पछि पारेको छ। काँग्रेसलाई ७ सय ४ र नेकपा (एमाले) लाई ३ सय ८० मत प्राप्त छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





