भिमसेन थापा गाउँपालिका गोरखाका नव निवार्चित अध्यक्ष लोक प्रसाद बञ्जरा ९अक्कल० ले ग्रेट स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन् । निर्वाचित भएपछि आफ्नो पदबहाली गर्ने क्रममा पालिकालाई देशकै नमुना बनाउने बताएका हुन्। स्थानीय स्तरका संभावित सम्भाव्यतालाई प्रयोग गरि गाउँपालिकाको मुहार फेर्न सकिने आफ्नो परिकल्पना रहेको र त्यससमा सबै कर्मचारी, निर्वाचित जन प्रतिनीधि, नागरिक स्तरबाट सहयोगको आवश्यकता समेत रहेको औंल्याए। हिजोसम्म कुनै राजनीतिक दलको झण्डामुनी बसेता पनि अब निर्वाचित भैसेकेपछि सबैको साझा भएकाले सबैलाई मिलाएर लाने प्रतिबद्धता समेत व्यक्त गरे ।
पदबहालीको क्रममा केही महत्वपूर्ण निर्णयहरुमा हस्ताक्षर गर्दै अध्यक्ष बञ्जराले सबै एकजुट भएर गाउँपालिका विकासमा लाग्न आग्रह गरे । भिमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जरा ९अक्कल०ले पदबहालीमा गरेका प्रतिबद्धताहरु यसप्रकार छन् । ूगाउँ टोल घर(घरमा स्थानीय सरकारू १। स्थानीय सरकार संचालन गर्न सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै भिमसेनथापा गाउँपालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका बनाउने । २। गाउँपालिका भित्र बसोवास गर्ने ९७० वर्ष० माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सोको रेकड गर्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन गर्ने । जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा प्रेषणका लागि सहजिकरण गर्ने गरी गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने साथै सवै नागरिकहरुको स्वास्थ्य विमा गराउने कार्यलाई अगाडि वढाउने । ३। प्रत्येक वडाको मुख्य सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने । ४। प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न ूएक घर एक रोजगारी वा व्यवसाय ू को कार्यक्रम अगाडि वढाउने । ५। गाउँपालिकावाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त, भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण वढाउदै प्रविधिको प्रयोगमा जोड दिने । ६। १ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने । ७ । पूर्ण पशुपन्छि विमा र कृषि विमा गाउँपालिका निर्माणको लागि कार्यक्रम संचालन गर्ने । ८। एक घर एक धारा कार्यक्रमलाई पूर्णता दिने । ९। भिमसेनथापा लोक कल्याणकारी कोष स्थापना गरी संचालन गर्ने र शुरुमा सो कोषमा पालिका अध्यक्षको आधा महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवैसंग १ दिनको आम्दानीरतलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने । १०। क्रिश्चियन समुदायको लागि कव्रस्थान व्यवस्था गर्ने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि…





