पोखराको १४ नं वडा पनि काँग्रेसले नै जित्यो


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिकाको १४ नं वडा पनि गठबन्धनसहितको काँग्रेसले जितेको छ।

काँग्रेसका वडाध्यक्ष उम्मेदवार बोधबहादुर कार्की (बोधराज) ले निकटतम प्रतिद्वन्द्वी एमालेका डेलबहादुर गुरुङलाई दोब्बर मतान्तरले पछि पार्दै जितेका हुन्।

गणना गरिएको जम्मा ५ हजार ७ सय ९३ मतमध्ये कार्कीले ३२९० मत ल्याए। त्यस्तै, गुरुङले १७५४ मत ल्याए।
महिला सदस्यमा पनि काँग्रेसकी दिलमाया गुरुङले २८४९ मत ल्याउँदै विजयी बनिन्। प्रतिद्वन्द्वी एमालेकी सरिता बास्तोलाले १८९८ मत ल्याइन्।

त्यस्तै, दलित महिला सदस्यमा पनि काँग्रेसकी तनुजा सार्की (थापा) ले जित हात पारिन्। तनुजाले २६४६ मत ल्याउँदै जितिन् भने एमालेकी सिर्जनाकुमारी पोखरेलले १९५३ मत ल्याइन्।

खुल्ला सदस्यमा भने काँग्रेस र एमालेबाट १/१ जना निर्वाचित भएका छन्।

सो वडाबाट मेयर र उपमेयर पदमा पनि गठबन्धन र काँग्रेसलाई बढी मत गएको छ। गठबन्धनका धनराज आचार्यले २०३८ मत पाएका छन् भने नेकपा एमालेका कृष्ण थापाले १७५२ मत पाएका छन्।

त्यस्तै, उपमेयर पदमा पनि नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई २५८६ मत गएको छ भने नेकपा (एमाले)की मञ्जुदेवी गुरुङलाई २०७५ मत गएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।