पोखरा, जेठ ७
पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर निरन्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ६९ मत पु¥याएका हुन् ।
हालसम्म ८२ हजार २ सय ५४ मत गणना सम्पन्न हुँदा आचार्यले ३३ हजार ३ सय २१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले २९ हजार ८ ५२ मत ल्याएर पछ्याईरहेका छन् ।
त्यस्तै राप्रपाका शंकर खरालले ३ हजार ५ सय ९६ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ३ सय १३ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले पुनः अग्रता लिएकी छन्। गएरातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ९९ मतले पछाडि पारेकी छन् । नेकपा एमालेका उम्मेदवार गुरुङले ३४ हजार ९९ मत ल्याएर अग्रता लिएकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ३३ हजार ८ सय मत ल्याएर पछ्याईरहेकी छन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ७३ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





