पोखरा-१० मा कांग्रेस झण्डै दोब्बर मतले अगाडि


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म २२०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु झण्डै दोब्बर मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ११६२ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ६५७ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७७, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०७८ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७४ मत ल्याएर पछ्याईरहेका छन् ।

यसैगरी, खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरुले १०४६ र १०२९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारहरुले ६३१ र ६०५ मत ल्याएर पछ्याईरहेका छन् ।

यो वडामा २२०० मत गणना गर्दा मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यलाई ७७५ र एमाले उम्मेदवार कृष्ण थापालाई ७०३ तथा उपमेयर पदमा कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ९६५ मत आउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङलाई ७११ मत आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।