प्रतिकात्मक तस्बीर
पोखरा–१० मा भारी मतसहित काँग्रेस प्यानल नै जितको नजिक रहेको छ।
वडाको ३२ सय मत गन्दा वडाध्यक्ष पदमा काँग्रेस ७८४ मतान्तरले अगाडी छ।
काँग्रेसले १७१३ मत र निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)ले ९२९ मत पाएको छ।
महिला सदस्यमा पनि काँग्रेसले १५४१ मत पाउँदा एमालेले ९५८ मत पाएको छ।
त्यस्तै, दलित महिला सदस्य पदमा काँग्रेसले १५७६ मत पाउँदा एमालेले ९६० मत पाएको छ।
खुल्ला सदस्य (१) मा पनि काँग्रेसले १५४२ मत पाउँदा एमालेले ७७८ मत मात्रै पाएको छ। त्यसैगरी, खुल्ला सदस्य (२) मा पनि काँग्रेसले १५१३ मत पाउँदा एमालेले ८६८ मत पाएको छ।
सो वडाबाट महानगर मेयर तथा उपमेयर पदका लागि पनि गठबन्धन र काँग्रेसका उम्मेदवार अगाडी छन्।
गठबन्धनका धनराजले ११४५ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले १००१ मत पाएका छन्। त्यसैगरी, उपमेयर पदकी काँग्रेस उम्मेदवार कोपिला रानाभाटले १३९६ मत ल्याउँदा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ११५७ मत ल्याएकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





