प्रतिकात्मक तस्बीर
पोखरा महानगरपालिकाको वडा नं १६ मा पनि काँग्रेसकै अग्रता छ।
महानगरका लागि मेयर पदमा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापाको गृहवडामा वडाध्यक्ष पदमा काँग्रेसले एमालेलाई ८३ मतले पछाडी पारेको छ।
हालसम्म ५४०१ गन्दा वडाध्यक्षमा काँग्रेसले २३८६ मत ल्याएको छ भने एमालेले २३०३ मत ल्याएको छ।
महिला सदस्यमा भने अत्यधिक भारी मत सहित एमाले अघि छ। महिला सदस्यका लागि एमालेले २५५८ मत पाएको छ भने काँग्रेसले ७७१ मात्रै पाएको छ।
त्यस्तै, दलित महिला सदस्य पनि भारी मतसहित एमाले अगाडी छ। एमालेले २४६९ मत पाउँदा काँग्रेसले १७८९ मत पाएको छ।
त्यसैगरी, २ खुल्ला सदस्य पदमा पनि एमाले अगाडी छ।
खुल्ला सदस्य (१) मा एमालेले २३९१ र खुल्ला सदस्य (२) मा २३५५ मत पाएको छ भने काँग्रेसले खुल्ला सदस्य (१) मा १९२७ र खुल्ला सदस्य (२) मा ५१० मत मात्रै पाएको छ।
मेयर पदका एमाले उम्मेदवार कृष्ण थापाले गृहवडाबाट गठबन्धनका धनराज आचार्यलाई ७३२ मतले पछाडी पारेका छन्। गृह वडा पोखरा–१६ बाट थापाले २५२५ मत पाएका छन् भने धनराजले १७९३ मत ल्याएका छन्।
सो वडाबाट उपमेयर पदका लागि पनि एमालेले काँग्रेसलाई ६९७ मतले पछाडी पारेको छ। एमालेकी मञ्जु गुरुङले २५९६ मत ल्याउँदा काँग्रेसकी कोपिला रानाभाटले १८९९ मत ल्याएकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





