प्रतिकात्मक तस्बीर
पोखरा महानगरपालिकाको वडा नं १७ को वडाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै अग्रता छ।
एमालेको गढ मानिने उक्त वडाको वडाध्यक्ष पदमा काँग्रेसले एमालेमाथि ३७ मतान्तरले लिड गरेको हो।
वडाको २७०० मत गन्दा वडाध्यक्ष पदमा काँग्रेसले १०२० मत पाउँदा एमालेले ९८३ मत पाएको छ।
तर, हालसम्मको जारी मत गणनामा वडाका महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने नेकपा एमालेले काँग्रेसलाई पछाडी पारेको छ।
महिला सदस्य पदमा एमालेले १११८ मत पाउँदा काँग्रेसले ८६८ मत पाएको छ।
त्यसैगरि, दलित महिला सदस्य पदमा एमालेले १०९४ मत पाउँदा काँग्रेसले ८४९ मत पाएको छ।
त्यसैगरि, खुल्ला सदस्य (१) पदमा एमालेले १०१९ मत पाउँदा काँग्रेसले ७८४ मत पाएको छ। त्यस्तै, खुल्ला सदस्य (२) का लागि एमालेले ९७९ मत पाउँदा काँग्रेसले १५० मत मात्रै पाएको छ।
मेयर पदका लागि भने उक्त वडामा गठबन्धनका धनराज आचार्यले एमालेका कृष्ण थापालाई १११ मतान्तरले लिड गरेका छन्। हालसम्म गणना गरिएको २७०० मतमध्ये आचार्यले १०५६ मत पाउँदा थापाले ९४५ मत पाएका छन्।
त्यस्तै, उपमेयर पदमा भने एमालेकी मञ्जुदेवी गुरुङले काँग्रेसकी कोपिला रानाभाटलाई २२६ मतान्तरले पछाडी पारेकी छन्। हालसम्मको मत गणनाअनुसार गुरुङले ११५२ मत ल्याउँदा रानाभाटले ९२६ मत ल्याएकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।आसन्न पोखरा उद्योग वाणिज्य संघको ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशन सदस्यका…





