धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित




धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा ९एमाले०का प्रत्यासी कन्दकला राना थारु १५ हजार ४७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरे । यसैबीच धनगढी उपमहानगरको चुनावको अन्तिम नतिजा आएसँगै कैलालीका सबै १३ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्लामा नागरिक उन्मुक्ति पार्टीले चार पालिका प्रमुख र तीन पालिका उपप्रमुखमा विजयी हुँदै पहिलो दल बनेको छ । कांग्रेस तीन पालिका प्रमुख र पाँच पालिका उपप्रमुखमा, एमाले दुई पालिका प्रमुख र तीन पालिका उपप्रमुख, माओवादी दुई पालिका प्रमुख र दुई पालिका उपप्रमुख, नेकपा (एकीकृत समाजवादी) एक पालिका प्रमुखमा विजयी भएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।