थप छ जनामा सङ्क्रमण पुष्टि


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित




काठमाडौ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर उल्लेख्यरूपमा घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ जना छन् ।

विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९७५ पुगेको छ । यो दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य सङ्क्रमित रहेका जिल्ला ३१ पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३।४ को निधन भएको छ ।

आज १७ हजार ३०२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १४०, संस्थागत आइसोलेशनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।