पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवीको अग्रता


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिमा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयरका प्रत्यासी धनराज आचार्यले अग्रता लिएका छन् ।
हालसम्म एक लाख १२ हजार ५८० मत गणना हुँदा आचार्यले ४५ हजार २७ मत प्राप्त गर्दा उनका प्रत्यासी नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले ४१ हजार ५९० मत ल्याएका छन् । उनीहरुविच ३ हजार ४३७ मतान्तर छ ।
यस्तै मेयरतर्फ नै राप्रपाका शंकर खरालले ४ हजार ९८७ , विवेकशिल साझा पार्टीका शुशिला केसी अधिकारीले ३१४, लौरो चिन्ह भएका स्वतन्त्र उम्मेद्वार खडकराज पौडेल गनेशले २७५९ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवी गुरुङले नेपाली कांग्रेसकी प्रत्यासी कोपिला रानाभाटलाई २ हजार ३६० मतले लिड गरिरहेकी छन् । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गर्दा रानाभाटले ४४ हजार ९६४ ल्याएकी छन् ।
त्यसैगरि राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ४ हजार ९२७, विवेकशिल साझा पार्टीका माधव भण्डारीले ६० मत ल्याएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।