पोखरा २२ मा एमालेका गुरुङको अग्रता, ‘भुईकटहर’ चिन्हका बराल ३१ मतले पछाडी


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर : पोखरा २२ को कार्यालय

पोखरा । पोखरा २२ को ५ सय मतगणना सकिँदा नेकपा एमालेबाट वडाध्यक्षका प्रत्यासी प्रकाशचन्द्र गुरुङले प्रारम्भीक अग्रता लिएका छन् । गुरुङले ३१ मतले भुईकटहर चिन्ह भएका स्वतन्त्र उम्मेद्वार हिमलाल बराललाई लिड गरिरहेका छन् ।

गुरुङले २३७ मत ल्याउँदा उनका प्रत्यासी बरालले २०६ मत ल्याएका छन् । यसैगरि जसपाका सरिता क्षेत्री र राप्रपाका सबिन बरालले समान ६ – ६ मत ल्याएका छन् ।

यस्तै सो वडामा वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यमा नेकपा एमालेका उम्मेद्वार अगाडी छन् ।

यस्तै सो वडाबाट मात्रै पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले २२० मत प्राप्त गर्दा नेकपा एमालेका कृष्णबहादुर थापाले २१५ मत ल्याएका छन् । यस्तै राप्रपाक शंकर खरालले ७ र लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले ६ मत ल्याएका छन् ।

उपमेयर तर्फ एमालेकी प्रत्यासी उम्मेद्वार मञ्जुदेवी गुरुङले २५७ मत ल्याउँदा उनकी प्रत्यासी कोपिला रानाभाटले १७४ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ३ मत ल्याएकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।