पोखरा । पोखरा महानगर वडा नम्वर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमृत शर्मा तिमिल्सिना निर्वाचित भएका छन् । नेकपा एमालेको किल्ला समेत भनेर हेरिएको वडामा कांग्रेसका तिमिल्सिनाले एमालेका प्रत्यासी गुरुङलाई १४८ मतान्तरले पराजित गरेका हुन् ।
तिमिल्सिनाले ३ हजार ३१८ मत प्राप्त गर्दा गुरुङले ३ हजार १७० मत प्राप्त गरे । वडाध्यक्षतर्फ नै राप्रपाका रामचन्द्र शर्माले १७१, नेकपा माओवादी समाजवादीका भिमसेन साहले जम्मा एक मत प्राप्त गरे ।
पोखरा महानगरकाका मेयर पदका प्रत्यासी कृष्ण बहादुर थापाको गृहवडा समेत रहेको सो वडाबाट अन्य सदस्यहरुमा भने नेकपा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् ।
दलित महिला सदस्यतर्फ नेपाली कांग्रेसकी ओम माया नेपालीलाई पराजित गर्दै एमालेकी मञ्जु नेपाली निर्वाचित भइन् । मञ्जुले ३ हजार ३८४ मत ल्याउँदा ओम मायाले २ हजार ५६५ मत मात्रै ल्याउन सकिन् । राप्रपाकी पानुदेवी नेपाली २५० मत ल्याएर पराजित भइन् ।
यसैगरि महिला सदस्यतर्फ ३ हजार ५३२ मत ल्याउँदै राजकुमारी बानियाँ निर्वाचित हुँदा उनकी निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी भगवती भट्टराईले १ हजार २७० र राप्रपाकी निर्मला बास्तोला आचार्यले २८४ मत ल्याएर पराजित भए ।
यस्तै दुई खुल्ला सदस्यतर्फ एमालेका रामकाजी गुरुङ ३ हजार २९९ र रामचन्द्र आचार्य ३ हजार २५६ मत सहित विजयी हुँदा उनीहरुका प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनबहादुर गुरुङ २ हजार ६६८, नेकपा माओवादी केन्द्रका निर्मल आचार्यले १ हजार ४१३, राप्रपाका बिरबहादुर खड्का ३ सय र राप्रपाकै विष्णु प्रसाद आचार्यले २४६र राष्ट्रिय जनमोर्चाका प्रेम गायकले १२ मत प्राप्त गर्र्दै पराजित भए ।
सो वडामा मात्रै पोखरा महानगरको मेयर पदका उम्मेद्वार नेकपा एमालेका कृष्ण बहादुर थापाले विपक्षी गठबन्धनका प्रत्यासी धनराज आचार्यलाई ९५४ मतले लिड गरेका छन् ।
गृह वडा समेत रहेको पोखरा १६ मा एमालेका थापाले ३ हजार ४४६ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी धनराजले २ हजार ४९२ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपाका शंकर खरालले २२६, लौरो चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेद्वार गनेश पौडेलले ११२ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयर तर्फ एमालेकी मञ्जुदेबी गुरुङले गठबन्धनबाट प्रत्यासी उम्मेद्वार नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई ८९६ मतले लिड गरेकी छन् । गुरुङले ३ हजार ५६५ मत प्राप्त गर्दा रानाभाटले २ हजार ६६९ मत ल्याएकी छन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले २५७ मत प्राप्त गरेकी छन् । भने ४५मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







