पोखरा–११ मा कांग्रेसको प्यानल नै बिजयी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । त्यहाँ कांग्रेसले वडाध्यक्षसहित सबै वडा सदस्य जितेको हो । वडाध्यक्षमा कांग्रेसका प्रेमप्रसाद कर्माचार्य १९६० मत ल्याएर बिजयी भएका छन् । उनी प्रतिपक्षी एमालेका उम्मेदवार मीनबहादुर गुुरुङलाई २५० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । पराजित गुरुङले १७१० मत पाए ।

महिला सदस्यमा कांग्रेस उम्मेदवार रन सुबा गुरुङ १९६२ मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार चन्द्रा शर्माले १५६९ प्राप्त गरिन् । त्यस्तै दलित महिला सदस्यमा कांग्रेस उम्मेदवार टुकुरादेवी परियारले १९४० मत ल्याएर बिजयी हुँदा एमाले उम्मेदवार हेमाकुमारी नेपाली १५१७ मत ल्याएर पराजित भईन् ।

खुल्ला सदस्यतर्फ कांग्रेस उम्मेदवारहरु विष्णुप्रसाद घिमिरे१६९९ र सुशील बास्तोला १८३२ मत ल्याएर बिजयी हुँदा एमालेका उम्मेदवारहरु कार्लोस गुरुङ १४१५ र विष्णुप्रसाद आचार्यले १२८४ मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।