पोखरा, जेठ ९
पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन् । सोमबार विहानसम्म १ लाख १९ हजार ३ सय १९ मत गणनामा प्रतिष्पर्धी एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ८ सय ५३ मतान्तरले पछि पार्दै उनी जित नजिक पुगेका हुन् । कुल १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा अब २३ हजार ९ सय ७ मत गणना गर्न बाँकी छ ।
आचार्यले हालसम्म ४७ हजार ९ सय ९२ मत प्राप्त गरिसकेका छन् । उनलाई एमाले उम्मेदवार थापाले ४४ हजार १ सय ३९ मत ल्याएर पछ्र्याइरहेका छन् । अब वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को अन्तिम नतिजा आउन बाँकी छ । यी वडाहरुको प्रारम्भिक नतिजा अनुसार वडा नम्बर १७, १८, १९, ३१, ३२ र ३३ मा आचार्यलाई केहि मत बढी आइरहेको छ । बाँकी वडा नम्बर २१ र २२ मा भने थापालाई झिनो मत बढी छ । वडा नम्बर १७, १९ र २१ बाट थापालाई धेरै नै मत आउने अपेक्षा एमालेले गरेको थियो । तर झण्डै आधा मत गणना गर्दा ती वडाहरुमा थापालाई ह्वात्तै मत आएन । उसो त एमालेको गढका रुपमा परिचित वडा नम्बर ५ र २६ मा पनि थापालाई उत्साहजनक मत आएन । त्यसैले गणना भइरहेका वडाहरुको बाँकी मत गणनामापनि थापालाई ह्वात्तै मत आउने सम्भावना कमै छ ।
मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार १ सय ६४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ८ सय १५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङपनि जिततर्फ उन्मुख भएकी छन् । उनलेपनि कांग्रेस उम्मेदवार कोपिला रानाभाटसँगको मतान्तर बढाउँदै लगेकी छन् । गुरुङले ५० हजार २ सय ६० मत प्राप्त गरेर अग्रता जारी राखेकी छन् । उनलाई कांग्रेसकी रानाभाटले ४७ हजार ४ सय ७० मत ल्याएर पछ्याईरहेकी छन् । गुरुङ रानाभाट भन्दा २ हजार ७ सय ९० मतले अघि छिन् । उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ५ हजार १ सय १९ मत प्राप्त गरेकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २७ असार ।लेखक तथा अभियान्ता डा विन्दा पाण्डेका पुस्तकहरुका बारेमा पोखरामा…






