पोखरा महानगरपालिका वडा नम्बर ३३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो वडाको वडाध्यक्ष पदमा कांग्रेस उम्मेदवार रामचन्द्र अधिकारीले ५२९ मतसहित अग्रता लिएका हुन् । उनलाई एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ४०१ मत ल्याएर पछ्याईरहेका छन् । वडाध्यक्षमा अधिकारी आचार्य भन्दा १२८ मतले अघि छन् ।
महिला सदस्यमा कांग्रेस उम्मेदवार दुर्गादेवी केसी –थापा) ४८७ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवार शान्ती पाध्याले ४१७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, दलित महिला सदस्यमा एमाले उम्मेदवार लिलादेवी नेपालीले ४१६ मत ल्याएर अग्रता बनाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सृष्टी विकले ३७२ मत ल्याएर पछ्याईरहेकी छन् ।
खुल्ला सदस्यतर्फ एमाले उम्मेदवार ४०० र कांग्रेस उम्मेदवार कृष्णप्रसाद आचार्य ४९८ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ३८२ र माओवादी उम्मेदवारले ३८१ मत ल्याएर पछ्याईरहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





