पोखरा–१८ को वडाध्यक्षमा १३ को झिनो मतान्तरले एमाले अगाडी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं १८ को वडाध्यक्ष पदमा पनि नेकपा (एमाले)ले अग्रता लिएको छ।

हालसम्म गणना गरिएको २००० मतमध्ये एमालेले काँग्रेसलाई १३ को झिनो मतान्तरले पछाडी पारेको छ।

सार्वजनिक मत परिणाममध्ये नेकपा (एमाले) ले ७२९ मत ल्याउँदा काँग्रेसले ७१६ मत ल्याएको छ।

महिला सदस्य, दलित महिला सदस्य र खुल्ला महिला सदस्यहरुमा पनि एमालेले नै लिड गरेको छ।

सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले ८३४ मत ल्याउँदा काँग्रेसले ६७० मत ल्याएको छ।

त्यस्तै, दलित महिला सदस्यमा एमालेको ८३४ मत आउँदा काँग्रेसले ६४९ मत प्राप्त गरेको छ।

त्यसैगरि, खुल्ला सदस्य (१) मा एमालेले ७९६ मत ल्याउँदा काँग्रेसले ६१३ मत प्राप्त गरेको छ। त्यस्तै, खुल्ला सदस्य (२) मा एमालेले ८८८ मत ल्याउँदा काँग्रेसले ५७८ मत प्राप्त गरेको छ।

सार्वजनिक मत परिणामअनुसार मेयर पदका लागि भने गठबन्धनका धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापामाथि ८० को मतान्तरले लिड गरेका छन्। आचार्यले ८४० मत पाउँदा थापाले ७६० मत ल्याएका छन्।

उपमेयर पदमा भने सो वडाबाट एमालेकी मञ्जु गुरुङले काँग्रेसकी कोपिला रानाभाटलाई ८६ मतान्तरले पछि पारेकी छन्। गुरुङले ८५५ मत ल्याउँदा रानाभाटले ७६९ मत ल्याएकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।