पोखरा महानगरपालिका वडा नं १९ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसलाई नेकपा (एमाले) ले पछ्याउँदैछ।
हालसम्म गणना गरिएको ४००० मतमध्ये २३१ मतान्तरमा काँग्रेसलाई एमालेले पछ्याउँदैछ।
सार्वजनिक मत परिणामअनुसार काँग्रेसले १९५१ मत पाउँदा एमालेले १७२० मत प्राप्त गरेको छ।
त्यसैगरि, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा भने एमालेले अग्रता लिएको छ।
सार्वजनिक मत परिणाममध्ये महिला सदस्यमा एमालेले १९३४ मत ल्याउँदा काँग्रेसले १४२७ मत प्राप्त गरेको छ।
त्यस्तै, दलित महिला सदस्यमा एमालेले १८२४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत, समाजवादी) को मत १००८ छ। दलित महिला सदस्यकै लागि काँग्रेसले भने ३१२ मत मात्रै पाएको छ।
त्यसैगरि, खुल्ला सदस्य (१) का लागि एमालेले १८४८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) ले १३९६ र काँग्रेसले १३१२ मत ल्याएको छ।
खुल्ला सदस्य (२) मा एमालेले १७१२ मत ल्याउँदा काँग्रेसले १५८ मत मात्रै ल्याएको छ।
सार्वजनिक मत परिणामअनुसार मेयर पदका लागि भने गठबन्धनका धनराज आचार्यले एमाले उम्मेदवार कृष्ण थापामाथि ९६ को मतान्तरले अग्रता लिएका छन्। आचार्यले १७१६ मत ल्याएका छन् भने थापाले १६२० मत ल्याएका छन्।
उपमेयर पदमा भने सो वडाबाट एमालेकी मञ्जु गुरुङले काँग्रेसकी कोपिला रानाभाटलाई ३५१ को मतान्तरले अग्रता लिएकी छन्। गुरुङले १८४० मत ल्याएकी छन् भने रानाभाटले १४८९ मत प्राप्त गरेकी छन्।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





