काठमाडौ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो ।
आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम आउने विश्वास व्यक्त गरेको थियो । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१० भदौ । पोखरा उद्योग वाणिज्य संघले बुधबार भोटेकोशीमा आएको बाढीले पु¥याएको…





