जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७९ मा प्रकाशित




पोखरा । साहसिक पर्यटनको रुपमा लिइने जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ ।

परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६ किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवद्र्धनको प्रयास गरेको होे ।

पोखरास्थित ¥यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवद्र्धन गर्नका लागि परिषद्ले मस्र्याङ्दी नदीको तल्लो भाग ¥याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भटृराईले जानकारी दिए ।

अध्यक्ष भटृराईले पछिल्लो समय साहसिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएकाले यस्ता गन्तव्यको पहिचान र प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे ।

कोभिड–१९ ले थलिएको पर्यटनलाई पुनः सञ्चालन गर्न, जलयात्राको वृहत सम्भावना बोकेका नदी संरक्षणसँगै यसको अतिक्रमण रोक्न र अव्यवस्थित विकासले उत्पन्न गराएको विनाश रोक्नका लागि सन्देश प्रवाहका लागि दुईदिने प्रवद्र्धनात्मक कार्यक्रम गरिएको उनको भनाइ थियो ।

पोखराबाट करिब दुई घण्टामै पुगिने तल्लो मस्र्याङ्दीबाट जलयात्राको आनन्द लिन सकिने भएकाले यसलाई प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने अध्यक्ष भटृराईले जोड दिए।

अध्यक्ष भटृराईले अव्यवस्थित नदी उत्खनन हुँदा त्यसको बहावमा समेत असर पर्ने भएकाले जलयात्राका लागि उपयुक्त नदीहरु मासिदै जाने अवस्था रोक्न सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिए ।

¥यापिड रनर एक्सपिडिसन्सका प्रबन्धनिर्देशक एवम् ¥याफ्टिङ एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष वीरेन्द्र लामाले जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएपनि कुन कुन स्थानमा कति बहावको जलयात्रा सञ्चालनमा छ भन्ने कुरा पर्यटकलाई जानकारी नहुँदा महत्वपूर्ण जलयात्रा स्थलहरु ओझेलमा परेको बताए।

सरकारले जलयात्राका लागि महत्वपूर्ण रहेका नदी संरक्षणमा ध्यान नदिँदा यस्ता गन्तव्य मासिदै जान लागेको उनको गुनासो थियो । अध्यक्ष लामाका अनुसार नदीमा हुने बहावका आधारमा गरिने वर्गीकरणमा मस्र्याङ्दीमा तीनदेखी पााच प्लस सम्मका छालहरु छन् ।

माथिल्लो मस्र्याङदीमा चार प्लस र पाँच प्लसको छाल रहेको छ भने तल्लो मस्र्याङ्दीमा तीनदेखि तीन प्लससम्मको छ । गण्डकी प्रदेश भित्रको जलयात्रामा कालीगण्डकी अलि बढी प्रसिद्ध छ भने माथिल्लो मस्याङ्दी अलि बढी साहसिक मानिन्छ, यो विश्वको टप पाइभमा पनि पर्दछ । तल्लो मस्र्याङदी कम जोखिममा पर्दछ ।

नेपालका १६ वटा नदीमा ¥याफ्टिङ हुने गरेको छ । जलयात्राका लागि दर्ता भएका १००भन्दा बढी ¥याफ्टिङ कम्पनीमध्ये ८० वटा सञ्चालनमा छन् । सुरक्षाका सम्पूर्ण उपाय अपनाएर गरिने जलयात्रामा डुङ्गा पल्टाएर पनि जलयात्राको आनन्द लिइन्छ, जहाँ आयोजकहरुबाट ४० सेकेन्ट भित्र रेस्क्यु गरिने हुँदा जोखिम न्यून हुन्छ ।

जलयात्रा गराउने रिभर गाइडहरुले दुई वर्षको तालिम लिएपछि तेस्रो वर्ष मात्र लाइसेन्स दिइन्छ । तीन तहसम्मको नदीको बहावमा चलाउन सक्ने भएपछि मात्र व्यावसायिक अनुमति मिल्छ । चार र पाँच प्लसमा चलाउन सक्नेहरुलाई अन्तराष्ट्रिय लाइसेन्स प्रदान गरिन्छ ।

नेपालभर करिब चार हजार रिभर गाइडले लाइसेन्स प्राप्त गरेको अध्यक्ष लामाले जानकारी दिए। जलयात्रामा प्रशस्त संभावना भएपनि नेपालमा सरकारी तहबाट सहयोग नभएको उहाँको गुनासो थियो । अध्यक्ष लामाका अनुसार असोज, कार्तिक, मंसिर, फागुन, चैत र बैशाख जलयात्राका लागि उपयुक्त मानिन्छ ।

लमजुङ राइनास नगरपालिका वडा नं ७ स्थित विरौटाको मस्र्याङ्दी नदी किनारमा ¥यापिड रिसोर्ट एन्ड ¥याफ्टिङ सञ्चालन गरेका सुरेन्द्र नखोलाले कोरोनापछिको समयमा जलयात्राको बारेमा जानकारी लिने र जलयात्रा गर्न आउनेको संख्यामा विस्तारै बढ्न थालेको बताए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।